यो व्यवस्थाले जातिय, क्षत्रिय, लिंगिय र वर्गीय समुदायको मुक्ति गर्न सक्दैन: अध्यक्ष राई।

लालितपुर।
स्वदेशवादी पार्टी अध्यक्ष मान बहादुर राइले वर्तमान व्यवस्थाले जातिय क्षत्रिय लिंगिय र वर्गीय समुदायको मुक्ति गर्न नसक्ने बताउनु भयो। निरीक्षण दैनिक संगको बिशेष अन्तर्वार्तामा अध्यक्ष राइले भने यो ब्वावास्था नेपालको बिशिष्ठता अनुसारको भएन

कुराकानीका क्रममा हाइड्रो पाओर इञ्जिनिएरिङ्ग पृष्ठभुमि भएका राइले जनमुक्ति पार्टीमा समेत आफुले काम गरेको जनमुक्ति पार्टीमा नेतृत्वको असक्षमता देखेपछि पहिचानको लागी स्वदेशवादी पार्टीको निर्माणको अभियानमा रहेको बताए।

आफुले बनाउने स्वदेशवादी पार्टीले मार्क्सवादालाई समेत तह लगाउने र जनमुक्ति विचारधारा बिकास गर्नेछ उहाँले भन्नु भयो । जनमुक्ति पार्टीमा अझै नेता कार्यकर्ता थुप्रै रहेपनि कुन प्रणालीमा जाने भन्ने स्पष्ट धारणा नभएको बताए।

कुराकानीकै क्रममा लाखौं वर्षदेखिको विचारलाई संश्लेषण गरेर बनाईएको स्वदेशबादी पार्टी हो । यो विश्वव्यापी दर्शन हो । यसबाट राष्ट्रिय मुक्ति क्रान्तिको संभावना छ उहाँले भन्नु भयो। उहाँले अहिले हाम्रो पार्टी तदर्थ समिति जस्तै छ । औपचारिक रुपमा पार्टी आकार बनाउन बाँकी छ । हालो निर्वाचन प्रणालीबाट मुक्ति संभव छैन । मुख्य कुरा विद्रोह नै हो । संघर्षको माध्यमबाट नै समस्या समाधान गर्ने हाम्रो लक्ष्य हो । यस आवस्थामा पार्टीले सांकेतिक, प्रचारात्मक कामहरू गर्दैछौं । प्रदर्सनहरु गर्ने । मुद्दा मिल्नेहरुसँग सहकार्य, मोर्चाबन्दी हुन्छ नै भन्नु भयो।

अर्को प्रसंगामा अध्यक्ष राइले हालको यो एकल जातिवादी ब्रम्हाणवादी सरकार हो । यिनीहरू प्रतिगमनकारी दिशातिर बढेकाछन् । हामीहरु सडकमै पनि देखिन्छौं । किरात स्वायत्तता जनअभियान मार्फत पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । हामी समावेशीताको विरोधी हौं । हामी पूर्ण समानुपातिक प्रतिनिधित्व ग्यारेन्टीको पक्षमा छौँ । सबैको पूर्ण समानुपातिक हुनुपर्छ भन्नेमा छौँ ।

समावेशी आयोगका आयुक्तहरु सबै आर्यहरु छन् । त्यो कसरी समावेशी भयो । निर्वाचन आयोगमा चाँडै दल दर्ता हुँदैन । हाम्रो मुख्य मक्सद भनेको संघर्ष नै हो । यहाँ उत्पीडित जाति, क्षेत्र, लिङ्गको मुद्दा जोडिएको छ । सरकार एकल जातीवादीहरुको सरकारले केही गर्दैन । हामीले प्रतिपक्षीय संघर्षलाई जोड दिन्छौं । ३५ वर्षसम्म राजनीतिक पार्टीमा काम गरेको हुँ । कुनै पनि पार्टीको दोकानमा सांसद मन्त्री किन्न सकिन्छ । म व्यक्तिगत स्वार्थको पक्षमा छैन उहाँले जोडदार रुपमा आफ्नो कुरा राख्नु भयो। उहाँले लोक सेवामा पनि ७६% सहभागीता आर्यहरुको छ त्यसैले यो नश्ल वादी राज्य हो भन्नु भयो।

किरात प्रदेश नामकर्नको सन्दर्भमा उहाँले कोचिला, लिम्बुवान, खम्बुवान र शेर्पालुङको कुरा उठेको छ । तर समग्रमा किरात प्रदेश नामाकरण गर्दा उपयुक्त हुन्छ । त्यसभित्र संरक्षित क्षेत्रहरु पनि बनाउन सकिन्छ । अध्यक्ष राइले भने।

प्रतिक्रिया दिनुहोस्