एसमाजवादीको केन्द्रीय समितिमा फेरि छुटे आले।
पूर्वमन्त्री एवं डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा यसपालि पनि छुटेका छन्।
शुक्रबार सार्वजनिक ३ सय ४४ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा आलेको नाम छैन।
गत असार १८ मा सम्पन्न महाधिवेशनले साविक पोलिट्ब्युरो र प्रदेश अध्यक्षहरू समेटेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो। आलेको नाम त्यहीबेला छुटाइएको थियो। शुक्रबार २ सय ५१ जना थपेर ३ सय ४४ पुर्याउँदा पनि आलेको नाम समेटिएन।

केन्द्रीय समितिमा आले किन परेनन् त? एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई यो जिज्ञासा राख्दा उनले भने, ‘केन्द्रीय सदस्य बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्छ। महाधिवेशन प्रतिनिधिको सूचीमा नभएकाले केन्द्रीय सदस्यमा पनि नभएको होला।’