आग्रा महोत्सव र भलिबल प्रतियोगिता खेलाडि उत्पादन र पर्यटन बिकासको लागि: राम घलान

थाहानगरपालिका, मकवानपुर।
थाहानागरपालिकामा सोनाम ल्होसारको अवसरमा प्रथम आग्रा मिनी महोत्सब तथा अन्तर पालिका स्तरिय खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

निर्माण व्यवसायी महासंघको पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेश महाधिबेशन प्रतिनिधि जयराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपमेयर भरत गोपाली विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो l नेपाली कांग्रेश वडा सभापति राम कुमार घलान आयोजक समितिको सल्लाहकार समेत रहेका घलानले मन्तव्यको क्रममा आग्रा मिनी महोत्सव र भलिबल प्रतियोगिता खेलाडि उत्पादन र पर्यटन बिकासको लागि भएको बताए साथै यस क्षेत्रमा कृषि क्षेत्रको पनि बिकासको प्रचुर सम्भावना रहेको बताए।

साथै मन्तव्यको क्रममा उहाँले सो नगरपालिका भित्ररहेको विभिन्न पुरातात्विक सांकृतिक क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताए i

प्रतिक्रिया दिनुहोस्