रुपन्देही उपनिर्वाचन : संयुक्त पहिचानवादी मोर्चाले साझा उम्मेदवार उठाउने
काठमाडौं, साउन ३० गते ।
आगामी कार्तिक २७ गते रुपन्देही जिल्लाको क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उप–निर्वाचनका लागि नेपाल जनमुक्ती पार्टीले उम्मेद्वारी दिने भएको छ । नेपाल जनमुक्ति पार्टी संघीय परिषदको गत साउन २५ र २६ गते बसेको वैंठकले उक्त निर्णय गरेको पार्टीका झापा अध्यक्ष तथा युवा नेता एलवी पालुङ्वाले जानकारी दिनुभयो ।
अध्यक्ष के.पी. पालुङवाको अध्यक्षतामा ललितपुरस्थित शोभाहिटीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । पार्टीले निर्वाचन परिचालन र यस सम्बन्धी सम्पूर्ण काम कारवाहीका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष कमला थापाको संयोजकत्वमा समिति निर्माण गरेको छ ।
जनमुक्ति पार्टीको उमेद्वारलाई सम्पूर्ण पहिचान र अधिकारका पक्षधरहरुको साझा उमेद्वारको रुपमा साथ सहयोग र समर्थन गर्न सम्पूर्ण पहिचान र अधिकारका पक्षधर शक्तिहरुलगायत न्यायप्रेमी नेपाली जनतामा हादिक अपिल गरिएको छ । यसैगरी पार्टीले निर्वाचनमा उम्मेद्वार खडा गर्नेसहित अन्य बिभिन्न सात बुँदे निर्णयसमेत गरेको छ ।
