सरकारले देशको बन्द भएका कलकारखाना खोल्नुपर्नेमा, टिकटक माथीको प्रतिबन्द खोल्नुको कुनै अर्थ छैन ।

डिल्लीराम खनाल

सामाजिक अभियन्ता डिल्लिराम खनालले आज निरीक्षण दैनिक संगको बिशेष कुराकानीमा सरकारले देशको बन्द भएका कलकारखाना खोल्नुपर्नेमा, टिकटक माथीको प्रतिबन्द खोल्नुको कुनै अर्थ छैन । उनले दुर्गा प्रसाइले चिकित्सा शिक्षा अध्यापन लागि न्याय पाउनु राम्रो हो, फलोअर्स घटेको देखेर प्रधानमन्त्री
र उनकोपार्टीका कार्यकर्ता
आत्तिएर बोलाका हुन् । थपे टिकटक खोल्नु नै पर्ने थियो भने किन बन्द गराईयो ? खोल्नु पर्ने त बन्द भएका कलकारखाना थिए । सामाजिक संजाललाई नियमन गर्दा राम्रो हुन्छ ।

दुर्गा् प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउनु ठिक छ । अदालतले न्याय दियो । अनागरिकले पनि त न्याय पाएकाछन् । गोविन्द के. सी. ले मुद्दा हाल्न गलत छ ।

प्रधानमन्त्रीले मेयरसँग जोरी खोज्नु गलत छ । प्रधानमन्त्रीले काम पाएका छैनन् । देश र जनताप्रति निष्ठामा राखेर सकारात्मक काम गर्ने प्रधानमन्त्री कोही छैनन् ।

जनतालाई ३२ खर्बको ऋण भएकै छ । डोजर आतंक छ । असुरक्षित यात्रा । रोजगारी छैन । मुठीभरलाई मात्रै भएको छ ।

मुलुक अन्धकारको युगमा प्रवेश गर्दैछ । ४७ सालको संविधान निकास हो । संविधान नेपालीले लेखेको हुनुपर्छ । यो संविधानले स्थायित्व दिँदैन ।

हामी नेपाली भयौं भने देशको निकास हुनसक्छ । यो देशका नेता सबै अपराधी हुन् । राजाको विषय कुरा नगरौं ।

जनताको विद्रोह हुन्छ । सरकारले दमन गर्छ । फेरि विद्रोह हुन्छ । अरु विद्रोहहरु जन्मिन सक्छन् ।

ठूल्ठूला नदीहरु कौडीको भाउमा बेचेकाछन् । यो गलत कुरा हो । दीपक खड्का जलमाफिया होइनन् । गोविन्द के सी को आमरण अनसनलाई कसैले वास्ता नगरे हुन्छ । केही काम छैन ।

रछाने भन्ने मान्छे अनागरिक हो । अमेरिकी नागरिक त्यागेको प्रमाण खै ? तीन महिना गृहमन्त्री हुँदसम्म के हेरिबसेको ?

प्रतिक्रिया दिनुहोस्