महामन्त्रीको हैसियतमा काम गर्न पाउँ भन्दै मुकुलको पुनरावेदन।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री तथा प्रवक्ता मुकुल ढकालले फेरि त्यही हैसियतमा काम गर्न पाउँ भन्दै पार्टीमा पुनरावेदन गरेका छन्। आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका हुन्।

उनको दिवेदनमा भनिएको छ-‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ।’

प्रतिक्रिया दिनुहोस्