अब नेपालीलाई श्रीलंका जान भिसा फ्रि
काठमाडौं– श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा फ्रि गरेको घोषणा गरेको छ ।
बुधवार राति सामाजिक सञ्जालमार्फत श्रीलंकाका विदेश मन्त्रीले भिसा नचाहिने देशको सूचि सार्वजनिक गर्दै नेपालसहित विभिन्न ३५ देशलाई भिसा फ्रि गरिएको घोषणा गरेका हुन् ।

श्रीलंकाका विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा उक्त सूची सार्वजनिक गर्दै लेखेका छन्– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’ भिसा फ्रि गरिएका ३५ देशको सूचिमा नेपाल १२औं स्थानमा छ ।

यो सूचिको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नीदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छ ।