खस जागरण अभियान संयोजक निर्मल धामीको बिशेष खुलासा: देश निर्णायक आन्दोलनको मोडमा।
खस जागरण अभियान नेपालका संयोजकले बिशेषले खुलासा गर्नुभएको छ। राज्यमा १७ प्रतिशत खसहरुको सहभागीता शुन्य भएकोले अब निर्णायक चरणको आन्दोलन हुने बताए। कुराकानीको क्रममा धामीले:
१२ औं शताब्दीमा भारतबाट आएका ब्रामन्हरुले खस राज्य खोसे । हामी पनि आदिवासी हौं । यहाँ जेनेटेक्ली बाहुनहरु हाबी भएकाछन् । हिन्दु धर्म मार्फत यिनीहरूले राज्य चलाईरहेकाछन ।
अहिले बाहुनवादी सत्ता चलेको छ ।
खस मुक्ति समाज गठन गर्ने अन्तिम तयारीमा छौं । केशर बहादुर विष्टसँग पनि एकता भयो । आदिवासी जनजातिसँग पनि एकता गर्छौं ।
खस समुदाय भनेको पूरानो भूमिपुत्र हो । हामी मस्टो धर्म मान्छौँ । खस शासकप्रति बाहुन कहिल्यै सन्तुष्ट थिएन ।
१७ प्रतिशत खसहरु २ प्रतिशतमा खुम्चिएकाछन् ।
राजा नेपालको प्रतिनिधि हो । बाहुनहरुले जस्तो राजाले देश बेचेको छैन । राजाले पनि मस्टो मान्छन् । बाहुन छोडेर राजाले उत्पीडित जनसमुदायको प्रतिनिधित्व गर्छन् भने ठिक छ ।
यो व्यवस्थामा यी दलालहरुले देश बेचेर खाईसके । आदिवासी जनजाति दलित महिला खसलाई विशेषाधिकार दिएर प्रतिनिधि गरे ठिक छ ।
यो वयवस्थामा उत्पीडितहरुको मुक्ति छैन । यहाँका दलहरुमा पनि जात व्यवस्थामा आधारित छ ।
हरि बुढाथोकी, ठगुन्ना आर. बि. केशर बहादुर बिष्ट पनि सहमत हुनुहुन्छ । समय आउँछ फाल्गुनसम्म हेर्दै जानुहोस् ।
राजदरबार हत्याकाण्ड पनि बाहुनवादी शासकहरुले नै गरेकाछन् । ज्ञानेन्द्र सच्चिएर आए ठिक छ ।
प्रचण्डबाट देश मुक्त हुन असम्भव छ । नेपाल अन्तर्राष्ट्रिय हस्तक्षेपले खत्तम भईसकेको छ ।
प्रचण्डले यहाँसम्म गरे ठिक छ । तर अहिले आफैं पतन भए । उनीसँग हिन्दु बाहुनवादी सोंचले सकिए ।
पहिला हामी शान्तिपूर्ण ढंगले नै जान्छौं । सम्बोधन नभए जे पनि हुन सक्छ । शासकलाई लखेट्न जे पनि गर्न सक्छौं । kfg खस फर्न्ट गार्ड निर्माण गर्दैछौं । बाहुनहरुले हरेक देशमा घात गरेको छ ।
वास्तविक आन्तरिक भूमिपुत्रहरुको नेतृत्वमा हुँदैछ । अधिकार लडेर लिनुपर्दछ ।
निरीक्षण दैनिकको नियमित अंकमा बोल्दै बिशेष खुलासा गरेका हुन्।