यो साता शेयर बजारः सडकदेखि सदनसम्म चर्चा कारोबारमा नयाँ रेकर्ड।

काठमाडाैं- यो साता शेयर बजार सबै हिसाबले चर्चाको केन्द्रमा रह्यो । शेयर बजार अस्वभाविक बढेको प्रति सडकदेखि सदनहुँदै अर्थ समितिमा समेत चर्चाको केन्द्र बन्यो । शेयर बजारबढेसँगै नेप्से सूचक बढेसँगै कारोबार रकम उच्च अंकले हालसम्मकै रेकर्डलाई तोडेको छ ।

पूर्व अर्थमन्त्री प्रकाशशरण महत र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शेयर बजारमा बढेको प्रति टिप्पणी गरेका थिए । केही कम्पनीकोशेयर मूल्य बढेपछि जनताको लगानी डुब्न लागेको भन्दै आक्रोश पोखेका हुन् । आइतबार भोटे जात्राको सार्वजनिक बिदाका कारण यो साता चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक १० दशमलव ७६ अंक (०.३९%) बढेर २ हजार ७६६ दशमलव ३८ मा बन्द भयो । अघिल्लो साताको तुलनामा ७ दशमलव ३० प्रतिशत बढेर सूचक गत साता २७५५.६२ मा बन्द भयो ।
यो साता परिसूचक २,८१५.९४ सम्म उच्च र कम्तिमा २,६३० दशमलव ८६ बिन्दुमा गएर १८५.०३ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले १९९.१७ अंकको अस्थिरता देखाएको थियो ।

सबैभन्दा बढी इन्ट्राडे मंगलबार १४५.०६ अंकले घटेर २३.७१ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ८३.६० अर्ब रहेको छ ।
सबैभन्दा बढी इन्ट्राडे मंगलबार १४५.०६ अंकले घटेर २३.७१ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ८३.६० अर्ब रहेको छ । यो साता ९ लाख ३२ हजार ३११ कारोवारबाट १९ करोड २६ लाख युनिटभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब कायम भएको छ । जुन जिडीपीको ७० प्रतिशत हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्