ब्राजिलमा विमान दुर्घटना : पाइलटसहित ६१ जनाको मृत्यु l

ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।
दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो। विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भयो।

साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ।

उक्त दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले पुष्टी गरेका छन् । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन्। विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्