विश्व आदिवासी दिवस भब्य रुपमा मनाइने: संयोजक किराँती ।
३० औँ विश्व आदिवासी दिवस भब्य रुपमा मनाइने भएको छ । हरेक वर्ष मनाउँदै आएको दिवस यस वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, एक प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित दिवस मनाउन लागिएको किरांत स्वायत्तता जनअभियानका संयोजक नगेन्द्र किरातीले जानकारी दिनुभयो

राज्यले नेपालका आदिवासी समुदायको अधिकार कटौति गर्दै लागेकोले किराँती समुदायको समग्र राजनीतिक अधिकार प्राप्तिको लागि स्वायत्तता जन अभियानले नेपाल सम्पुर्ण किराँती समुदायको लगभग सबै प्रतिनिधित्व हुने गरि निम्तो बताउनु भयो
त्यस अवसरमा राजधानीको सामाकोशीमा भब्य कार्यक्रम योजना गरिएको बताउनु भयो। उहाँका अनुसार दिवसको नारा तय भइसकेको र मूल समारोहका दिनमा धेरै सहभागिता जनाउने गरी तयारी गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।