एआईबाट चार महिना लगाएर बनाइएको नेपाली म्युजिक भिडिओ यस्तो छ।
नेपाली साङ्गीतिक समूह (ब्यान्ड) द भाइब्जले एआईको सहयोगमा निर्माण गरेको म्युजिक भिडिओ सार्वजनिक भएको छ । अमेरिकामा आधारित यस ब्यान्डले सोमवार सम्पूर्ण दृश्य नै एआईमार्फत तयार पारिएको म्युजिक भिडिओ युट्युबमा सार्वजनिक गरेको हो । यसलाई भाइब्स ब्यान्डले नेपालकै पहिलो एआई म्युजिक भिडिओ भएको दाबी गरेको छ ।
ब्यान्डले सन् २००५ मा कम्पोज गरेको ‘थाकिसकेँ’ बोलको गीतको म्युजिक भिडिओका लागि एआई टुल प्रयोग गरिएको हो । सन् २००८ मा सार्वजनिक द भाइब्ज जेनरेसन एल्बममा यो गीत समावेश छ । अ
भिडिओमा युगल जोडीको प्रेम र वियोगको कथा प्रस्तुत छ । भिडिओमा देखिएका मुख्य पात्रहरूदेखि गाउँ-सहरसम्मका सबै दृश्य एआईले बनाएको ब्यान्डले जनाएको छ । यद्यपि भिडिओ क्लिप एआईले बनाए पनि निर्देशन, सम्पादन तथा कलर ग्रेडिङको काम व्यक्तिले नै गरेका हुन् ।