हसिनाले भारतमा शरण पाइनन ।

विदेश: प्रधानमन्त्री पदबाट राजीनामा दिइ बंगलादेशबाट भागेर भारत आएकी शेख हसिनाले भारत छाडेकी छिन् ।

हिंडन एयरबसमार्फत सोमबार स्थानीय समयअनुसार साँझ ६ बजे भारत आएकी हसिना मंगलबार बिहान भारत छाडेकी हुन् ।

सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उनले भारत छाडेकी हुन् । यद्यपि उनी कहाँका लागि उडिन् भन्ने यकिन भएको छैन ।

अन्तराष्ट्रिय एजेन्सीका अनुसार उनी बेलायतको लण्डन वा फिनल्याण्ड वा अन्य कुनै देशमा जानसक्ने आँकलन भइरहेको छ ।

अपडेटः हसिनालाई लिएर आएको बंगलादेशी सैन्य जहाज हसिनालाई भारतमै छाडेर फर्केको हो ।

प्रतिक्रिया दिनुहोस्