एमालेबाट नेता मणि थापा जिम्मेवारी मुक्त।
केही महिनादेखि निष्क्रिय रहेका उनलाई हिजो बसेको सचिवालय बैठकले जिम्मेवारीमुक्त गरेको हो । मणि यसअघि स्थायी कमिटी सदस्य थिए । तत्कालीन नेकपा विभाजनपछि आफैँले रगत, पसिना बगाएर बनाएको पार्टी चटक्क छोडी केपी ओलीको पछि लागेका पूर्वमाओवादी नेता मणि थापा एमालेबाट आउट भएका छन् ।

ओलीले गरेको संसद विघटनको कदमलाई साथ दिएवापत गैरसांसद हुँदा पनि मणि मन्त्री बनेका थिए । ६ महिना खानेपानी तथा सरसफाइमन्त्री भएका बखत ‘श्री ५ को सरकार यो काम गर्न प्रतिबद्ध छ’ भन्ने भाइरल भाषणका कारण त्यसबेला चर्चामा आए । तर,पछिल्लो समय गुमनाम रहेका मणि हिजोदेखि एमालेबाट औपचारिक रुपमा बिदा भएका छन् ।