कुलमानलाई हटाएरै छोड्ने प्रधानमन्त्री ओलीको तयारी, देउवासँग लिए सहमति।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेका छन् । पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्को गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् फायर छन् ।

उनले विभागीय मन्त्री उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ । उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले कुलमानले बक्यौता तिर्न बाँकी रहेका उद्योगमा लाईन जोड्न मानेका थिएनन् ।

तर, बोर्डको बैठक बसेर सहमति गरेपछि भने प्राधिकरणले उद्योगमा लाईन जोडिदिएको छ । कुलमानसँग प्रधानमन्त्री ओलीको सुरुवातदेखि नै राम्रो सम्बन्ध छैन् । कुलमानले प्रधानमन्त्रीले दिएको निर्देशन नमानेको र मौखिक निर्देशन दिँदा लिखित निर्देशनको माग गरेपछि प्रधानमन्त्री ओली रिसले चुर भएका छन्