लेखा समिति सभापतिले विद्युत महसुल नतिर्ने व्यापारीसँग रहस्यमय भेट गर्नु गलत: सांसद सापकोटा

माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल नतिर्ने व्यापारीसँग संसद्को सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय भेटघाट गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो भेटघाट भएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।

सांसद सापकोटाले भने,‘डेडिकेटर फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर उक्त समितिका सभापति र झगडिया मध्येका बक्यौता समेत कायम रहेका एकजना व्यापारीका बिचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय जिम्मेवारीको दुरुपयोगको सो घटनाबारे गम्भीरतापूर्वक छानबिनको माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्