कविता:सिंहदरबार र सहकारी-कवि सोनाम सज्जन किराँती l

ए जुन तिम्रो उज्यालाे जस्तै
निस्वार्थ सिंहदरबार कहिले बन्छ ?
जबकि हावा बर्षात बाहेक
केही चिज निसुल्क उपलब्ध छैन
तिनीहरुकै कारण
पटकपटक मेरो जस्तै हजारौं
जहानहरुकाे चुला निभ्छ
त्याे रात नानी बाबुहरु भाेकै बस्नुपर्छ
साले चुत्था सिंहदरबार

ए सिंहदरबार
तिमी त्यो अक्सिजनकाे ब्याबहारबाट
किन आजित हुन्छौं
किन आजित छाै
सङ्लाे पानीको मुहानबाट
तिमी आजित भएरै
याे देशको श्रमजीवीहरु माथि
बिभेदकाे भक्कानाेले थिचिरहेछाै
किचीरहेछाै फुम्लाे बनेर

याे थिचाई र मिचाई बिरुद्ध
भेल बनेर
पसिनाहरु वर्षातमा रुपान्तरित हुदैछन
तिमीलाई थाहा छ ?
सिंहदरबार बगाउन सल्लाह गरिरहेछन

निरङ्कुशताकाे बल्छि थापेर
अल्छी बुढाे बकुल्ला जस्तैः
तिमी किनार नढुक
जबकि तिम्रो भ्रामक चतुर्‍याइँ
अब पसिनाकाे मुहानले बुझिसकेकाे छ

र पसिनाकाे नदि सुकेर
माछा टिपाैला
माछाहरुकाे मालिक बनिरहाैला
भन्ने काेरा कल्पना अब नबाेक
ति माछाहरुकाे मालिक त
पसिनाकाे जराहरु हुन्
पसिनाकाे जरा निस्वार्थ मजदुरहरु हुन
उनीहरू मात्र असली हकदार हुन

बिनिमय
बा भन्नू हुन्छ
गाउँमा सिंहदरबार छैन
छ त लम्पसार परेको साशक बस्छ
टाठा बाठाहरुकाे भुष बेचिन्छ
जहाँ तन्नेरीहरुले जाँगर राेप्ने ठाउँ पाउदैनन
हरियो पासपोर्ट बनाएर
क्रमशः बिस्थापित भईरहेछ

रेमिटेन्सकै भरमा घर परिवार चल्छ
महङ्गीकाे मारमा थिचिएर अकुत
कुत बुझाउनु पर्छ

यसर्थ आपा भन्नू हुन्छ
गाउँतिर सिंहदरबार छैन
छ त बेघरबार बनाउने
लिलामकाे छिर्के लिएर
सहकारी बसिरहेछ
अनि के भन्नू लम्पसार नभनेर
सिंहदरबार छैन भन्नू बाहेक

पापाले किनेको मंगलसुत्र
आमाको घाँटीमा छैन
पत्नीले दाईजो ल्याकाे
तिलहरी मुन्द्री उकास्न सकेको हैन
राम्रो राम्रो खेतबारी
साहु माईलाकाे छाेराले जाेत्छ

अनि कहाँ हुनु सिंहदरबार
गाउँ घर तिर
विकास झाेलामै रित्तिन्छ
परिश्रमीहरु खाडि लखेटिन्छ
तितर बितर पारिन्छ
गाउँ बदलिएर बर्गर क्याफेमा परिणत छ
रिसाेर्ट रेष्टुरेन्टकाे स्वादमा भब्य गरीबी पाक्छ

यसरी गाउँकाे सिंहदरबार
सहरियाकाे नक्कलमा छ
डिजे डिस्काे पार्टी जताततै चल्छ

यही नक्कलले
आमाको मंगल सुत्र फिर्ता आएन
सहकारीको ऋणले गाउँ बसि सक्नु छैन
लिलाम भएकाे श्रीमतीको सुन
जाकटीबाट फर्किएन

अब म साेच्दै छु
दाम कमाउन नहिडेर
बिनिमय र उत्पादनमा निर्भर हुनेछु
उर्वर भुमिमा न्यायकाे बगैचा राेप्ने छु
जहाँ भगवान समेत एकथुङ्गा फूल लिन
आफ्नै मेहनतमा फलाएको अनाज
लिएर आउनु पर्ने हुन्छ
साँच्चै साँच्चै त्यो धरातलमा उभिन ।।।।।

प्रतिक्रिया दिनुहोस्