किराँत स्वायत्तता जनअभियानको स्थापना दिवस विचार-विमर्श कार्यक्रमसहित सम्पन्न l (फोटो सहित)
किराँत स्वायत्तता जनअभियानको दोश्रो स्थापना दिवस विचार-विमर्श कार्यक्रमसहित सम्पन्न भएको छ।
ललितपुरमा भएको उक्त कार्यक्रम अभियानका संयोजक नगेन्द्र किराँतीको अध्यक्षता भएको थियो। कार्यक्रम आयोजक सदस्य दिनेश किराँती संचालन गरेका थिए भने स्वागत मन्तब्य सदस्य बिकेस थामीले राख्नुभएको थियो।

अभियान र कार्यक्रम बारे संयोजक किरांतीले किरात प्रदेशको स्थापना सम्पुर्ण किराँतीको भूगोल र पहिचान सहितको हुनुपर्नेमा जोड दिनु भयो। पहिचानले मात्रै समुदायलाई अधिकार प्रदान गर्न नसक्ने बताउनु भयो भने आत्मनिर्णय सहितको स्वायत्तताले मात्रै किराँती समुदायको मुक्ति हुने बताउनु भयो।

ललितपुरमा भएको उक्त कार्यक्रम अभियानका संयोजक नगेन्द्र किराँतीको अध्यक्षता भएको थियो। कार्यक्रम आयोजक सदस्य दिनेश किराँती संचालन गरेका थिए भने स्वागत मन्तब्य सदस्य बिकेस थामीले राख्नुभएको थियो।

कार्यक्रममा अधिवक्ता हरेन्द्र राइ, डा. बिष्णु राइ, डा. धनप्रसाद सुबेदी र डा. राजन कुमार राइ लगाएतले महत्वपुर्ण बिचार ब्यक्त गर्नुभएको थियो।