दाहाल सरकारको निर्णय रोक्दा ओलीको पुरुस्कार: कामु मुख्यसचिव !
यसकारण कामु मुख्यसचिव लीलादेवी !

निजामती सेवामा हाल कार्यरत सचिवमध्ये वरिष्ठताका आधारमा राष्ट्रिय योजना आयोगका सचिव तोयानाराण ज्ञवाली पहिलो, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी दोस्रा, महिला मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो र गृह मन्त्रालयका सचिव एकनारायण चौथो नम्बरमा पर्छन्। अहिले कामु मुख्यसचिवको जिम्मेवारी पाएकी लीलादेवी गडतौलाभन्दा ज्ञवाली, सुवेदी, भट्टराई र अर्याल वरिष्ठ सचिव हुन्। तर मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चार वरिष्ठ सचिवलाई पछि पारेर सचिव गडतौलालाई कामु मुख्यसचिवमा नियुक्त गरिएको छ।
यसबाट गड्तौला प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो रोजाइमा परेको देखिएको छ। कामु मुख्यसचिवले मुख्यसचिवसरह नै अधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ। सचिव ज्ञवाली पाँच वर्ष कार्यकाल पूरा गरी भदौ २१ गतेबाट सेवानिवृत्त हुँदैछन् । कामु मुख्यसचिव गडतौला ५८ वर्षको उमेरहदका कारण भदौ १५ गते अवकाशमा जाँदैछिन्।
गड्तौला सचिवको रूपमा पाँच वर्षे कार्याकाल पूरा गरेर नभई ५८ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेकी हुन्। गड्तौला अवकाश नहुन्जेल कामु भइरहनेछिन्। उनले अवकाश पाएपछि ओलीले अर्को कुनै सचिवलाई मुख्यसचिव नियुक्त गर्नेछन्।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रोजाइमा गड्तौला पर्नुको खास कारण छन्।