भन्सार महसुल विधेयक सर्वसम्मतले पारित भयो राष्ट्रिय सभाबाट।

राष्ट्रिय सभाले भन्सार महसुल विधेयक-२०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार महसुल विधेयकलाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेश गरेका थिए । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक-२०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्