चालक सिट पछाडि उभिएको थिएँ, कच्ची वाल बगेपछि गाडी झ¥यो…– यज्ञ थामी

काठमाडौं, वैशाख ८ गते ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पा क्षमावतीबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बस दुर्घटनामा पर्नु अघि यज्ञ बहादुर थामी चालकको पछाडि उभिएर यात्रा गरिरहनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘बस एक पटक लड्दा निकै आत्तिएर चिच्याँए, त्यसपछि त चिच्याँउन पनि सकिएन । त्यसपछि के के भयो थाहा भएन ।’

उहाँको टाउकोमा चोट लागेको छ भने छाती र करङमा निकै धक्का परेको छ । घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको थियो । तर, गम्भिर घाइतेहरु्रलाई काठमाडौं ल्याइयो ।

उहाँले भन्नुभयो, ‘शुक्रबार दिउँसो ३ बजेतिर ट्रमा सेन्टरमा सुरुमा म र डली ठुलीआमा आइपुगेका थियौं । पछि, पाँच, छ जना थप हुनुभयो । अहिले तीन जना डिस्चार्ज हुनुभयो ।’

दुर्घटनाबारे उहाँले भन्नुभयो, ‘म चालकको पछाडि समातेर उभिएको थिएँ । अलिकति आरालो–ओरालो घुम्ती परेको खोल्चा रहेछ । भित्तापट्टि बालुवा राखिएको रहेछ । उधोँपट्टिको कच्चा वालसहित बगेपछि गाडी झ¥यो । अनि के के भयो यादै भएन ।’

प्रतिक्रिया दिनुहोस्