नेपाल थामी समाज सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिबेशन माघ २७/२८ मा, तिब्र तयारी हुदै।

बाह्रबिसे, सिन्धुपाल्चोक
थामी समुदायको साझा छाता संस्था नेपाल थामी समाज सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिबेशन यहि माघ २७/२८ मा जिल्लाको बाह्रबिसे भन्ने स्थानमा हुने भएको छ।

सिन्धुपाल्चोक जिल्ला थामी समुदायको दोश्रो ठुलो जनसंख्या रहेको जिल्लाको रुपमा परिचित जिल्ला हो। करीब एक दशक देखि हुन नसकेको जिल्लाको अधिबेशन यस वर्ष हुन लागेकोले सिन्धुपाल्चोकबासी थामी समुदायमा खुशी छाएको छ । जिल्लाको ४ भन्दा बढी स्थानिय तहबाट हजारौंको संख्यामा थामी समुदायको सहभागीता हुने आकलन गरिको छ भने समुदायको राष्ट्रिय व्यक्तित्वहरु कलाकारहरुको समेत बृहत जमघट हुने अधिबेसन आयोजक समिति संयोजक बिर बहादुर थामीले नीरीक्षण दैनिकलाइ जानकारी दिए।

ऐतिहासिक छैठौ जिल्ला अधिबेशन व्यवस्थित र भव्यताका साथ् सम्पन्न गर्न जिल्लाबासी थामी समुदायले भब्य तयारी गरीरहेको सहसंयोजक रबिन थामीले थपे।

प्रतिक्रिया दिनुहोस्