समुदायको युवाहरुको पहलमा संकलित रकम हस्तान्तरण: सहयोगी सबैमा धन्यबाद ब्यक्त।

-चन्द्र थामी बस्तीपुर, सिन्धुली

नेपाल थामी समाजका केन्द्रिय सदस्य सरीता थामी नसा च्यापिने र हड्डी खीईने जस्ता रोगले दिर्घकालिन रुपमै अस्वस्थ रहदै आएका हुदै आएका छन्। करीब १५ वर्ष देखि यस खाले समस्याको सिकार भएका छन्। एक छोरीका अभिभावक समेत रहेका सरीता थामीको श्रीमान् बिदेशमा श्रम गरिरहेका छन् भने छोरीलाई उचित स्याहार समेत गर्न सकिरहेका छैनन्।

सदाझै पिडा खेप्दै आइरहेका सरीतालाइ यसपटक भने समुदायको समाजसेवी युवाहरुले साथ् दीइरहेका छन्। यसपटक लामो समय अस्पतालमा उपचाररत सरिता थामीलाई समुदायको सिन्धुली जिल्लास्तरका कुशल नेता तथा समाजसेवीको छबि बनाएका चन्द्र थामीको पहलमा रु.६५०१५/-, अर्का युवा समाजसेवी तथा घ्याङलेक गाउपालिका कार्यपालिका सदस्य समेत रहेका निम थामीको पहलमा ५१८६२/- र टिका नारायण थामीको पहलमा रु. ४३००/- संकलन गरि जम्मा रु. १,२१,१७७/- आज हस्तान्तरण गरेका छन् भने थामी समाज केन्द्रिय कार्यसमितिको तर्फबाट रु. २३,७७१/- अध्यक्ष रण थामीले हस्तान्तरण गरेका छन्। अभियानकर्ता चन्द्र थामीले निरीक्षण दैनिकलाई जानकारी दिए।

सहयोगी सबै-सबैमा बिरामी सरिता थामीले हृदय देखि आभार प्रकट गर्दै धन्यबाद व्यक्त गरेकी छन्।

उपचाररत सरीता थामीलाइ थप रकमको आवश्यक पर्न सक्ने र सहयोगको लागि समेत अनुरोध गरेकी छन। उहालाइ सहयोग गर्न सरिता थामी सम्पर्क न.984-5645839, भने, नेपाल एसबीआई बैंक लिमिटेड सरिता थामीको नाममा रहेको बैंक खाता नम्बर 24215243400673 उपलब्ध गराएकी छन्।

प्रतिक्रिया दिनुहोस्