‘वातावरण जोगाऔं, श्रमिकको जिबन बचाऔं’ भन्ने सन्देशमुलक नारासहित र्याली सम्पन्न। (तस्बिरहरु)

श्रावण २९ काठमाडौ ।

अखिल नेपाल पर्यटन मजदुर संघको आयोजनामा यही श्रावण २९ गते “पर्यावरण जोगाऔ श्रमिकको जीवन बचाऔ” भन्ने मूल नाराको साथ पर्यावरण र श्रमजीवीको श्रम सुरक्षाको लागि काठमाडौ हनुमानढोका दरबार बसन्तपुर स्थित ब्यानर प्रदर्शन हनुमानढोका दरबारदेखि ठमेल नर्सिङ चोकसम्म र्‍याली गरेर कोणसभा गरि सम्पन्न गरेको छ ।

उक्त र्यालीको नेतृत्व दर्जनौं पर्यटन क्षेत्रमा कार्यरत मजदुर सहित अखिल नेपाल ट्रेड युनियन महासघका उपाध्यक्ष एस. बि थापा मगरले गर्नुभएको थियो। र्याली ठमेल नर्सिङ्गचोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाइ अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिब शालिकराम काफ्लेले सम्बोधन गरेका थिए।
पर्यटन पर्यावरण परिवर्तनले पृथ्वीको तापक्रम दिनानुदिन बढिरहेको अवस्था छ । जसको असर सर्वत्र परिरहेको छ । यसले गर्दा विश्वमा नै मानवजीवन कष्टकर बन्दै गइरहेको छ । जसको असर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आम श्रमिकहरूमा परिरहेको छ भने पर्यावरण परिवर्तनको सिधा असर पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको रोजगारी र सुबिधा घटिरहेको अवस्था छ ।

यसकारण सबै पक्ष जिम्मेवार बन्नु पर्नेछ भन्दै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषदले निम्न नाराहरू समेत तय गरेको छ :-
-वातावरण जोगाऔं, नयाँ रोजगारीको सृजना गरौं ।
– श्रमिक सरोकार, वातावरण मैत्री पूर्वाधार बनाउ ।
– हरित रोजगारीका लागि सीप विकास गरौं ।
– हाम्रो अभियान सुरक्षीत र मर्यादित कार्य वातावरण तय गरौं ।
– हिमाल जोगाऔं, रोजगारी र श्रमिकको जीवन बचाऔं ।
– सामाजिक सुरक्षाको अधिकार, मर्यादित जीवनको आधार ।
– मर्यादित रोजगारीको सुनिश्चितता, नीति निर्माणमा श्रमिकको सहभागिता ।
– लैङ्गकि समानता सहितको हरित रोजगारी ।
– पर्यटन क्षेत्रको नयाँ गन्तव्य, नयाँ मार्ग र सीप विकासका लगानी बढाऔं ।
– हानिकारक ग्यास उत्सर्जन वा प्रयोग हटाऔं, हरित रोजगारी सृजना गरौं ।

उल्लेखित नारा सहित अखिल नेपाल पर्यटन मजदुर संघले आफ्नो देशब्यापी रूपमा जागरण अभियान चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्