पर्यटन बोर्ड – टान र संयुक्त मजदुर युनियन बिच त्रिपक्षीय बैठक सम्पन्न ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ्ग व्यवसायीहरुको छाता संगठन (टान)र पर्यटन सयुक्त मजदुर युनियनबिच त्रिपक्षीय बैठक सम्पन्न भएको छ। बोर्डको सचिवालयको हलमा बसेको बैठकमा FIT अर्थात पदयात्रामा अनिवार्य पथप्रदशक र TIMS को कल्याणकारी कोष यथासिग्र संचालन सम्बन्धि छलफल भएको थियो। बैठकामा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, संचालकसमितिको उपाध्यक्ष चन्द्र रिजाल, टानका उच्च पदाधिकारीहरु, एनएमएका महासचिब मोहन लम्साल र पर्यटन मजदुर युनियनका प्रमुख नेताहरुको सहभागीता थियो।

तस्बिर रामकाजी तिवारीको फेसबुक वालबाट

बैठकमा केही समय अघि नेपाल पर्यटन बोर्ड बैठकको निर्णय अनुसार 1st OCT देखी लागू गर्ने भनिएको FIT TIMS बन्द गर्ने निर्णय किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा छलफल भयो । FIT TIMS बन्द गर्ने निर्णय गर्न NTB, TAAN, NMA र युनियनहरु (JOTTUF) को बीचमा अर्को बैठक बसेर तुरन्त लागू गर्ने निर्णय गरियो । साथै लामो समय देखी टानसँग TIMS को रकम खर्च गर्दा देखिएको बेरूजु र कैफ़ियतलाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको जोटुफ़का नेता रामकाजी तिवारीले भन्नु भयो ।

उक्त बैठकमा अखिल नेपाल पर्यटन मजदुर संघको तर्फबाट अध्यक्ष डीबी तामाङ्ग, उपमहासचिव हरि गुरुङ्ग र केन्द्रीय सदस्य बिकेस थामी सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्