अक्षय कुमारले सेल्फी खिचेर राखे विश्व किर्तिमानी।

एजेन्सी, १२ फागुन । बलिउड अभिनेता अक्षय कुमारले बुधबार (फेब्रुअरी २३) मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका छन् ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्विर र भिडियो शेयर गरेका छन् । यसका साथै उनले फ्यानहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

यस क्रममा उनले स्टेजमा अक्षय कुमारले ३ मिनेटमा १८४ सेल्फी खिचेर राखे विश्व किर्तिमानी राखेका हुन् यो सेयर गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्,‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा सबैभन्दा धेरै सेल्फी खिच्ने गिनिज वल्र्ड रेकर्ड तोडेका छौं। तपाईं सबैलाई धन्यवाद। यो धेरै विशेष थियो र म यसलाई सधैं सम्झनेछु। अब सेल्फी सेल्फी हुनेछ। शुक्रबार थिएटरमा सबै भेटौंला।’

अक्षयको अगाडि यो रेकर्ड ड्वेन जोनसनले २०१५ मा बनाएका थिए । उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए ।

प्रतिक्रिया दिनुहोस्