रुस–युक्रेन युद्ध एक बर्ष पुरा: नेपालसहित १४१ देशले गरे रुसको भर्त्सना।

संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्