आदिवासी जनजाती युवा महासंघ दोलखाको अध्यक्षमा कमल थापामगर, सचिबमा माया थामी
आदिवासी जनजाती युवा महासंघ नेपाल दोलखाको अध्यक्षमा कमल थापामगर सचिबमा माया थामी। चयन चयन भएका छन्। सोमबार सदरमुकाम चरिकोटमा दोस्रो जिल्ला अधिवेशनबाट थापामगरको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा हेड बहादुर तामाङ र सचिवमा माया थामी चयन भएका छन्। सहसचिवमा राजन थामी र कोषाध्यक्षमा लक्ष्मी भुजेल चयन भएका छन् भने सदस्यहरूमा क्रमशः ममता श्रेष्ठ, देवराज मगर, मन्दिरा थामी र कञ्चन मोक्तान चयन भएका छन्।त्यस्तै महासंघको सलाहकारको जिम्मेवारी विकेश थामीलाई दिएको छ ।
बिकेस थामीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा भुमि आयोग दोलखाको निवर्तमान अध्यक्ष तथा मगर संघ केन्द्रिय सदस्य ललित मगर, पत्रकार महासंघ दोलखाको सह-सचिव गोबिन्द थामी लगायतको उपस्थिति रहेको थियो।