लोपोन्मुख सुरेल समुदायको विद्यार्थीले पाए विद्यालय पोशाक र स्टेशनरी ( फोटो सहित)
-सुरी, दोलखा
सामाजिक संस्था संरचना नेपालको सहयोगमा दोलखा जिल्लालो गौरीशंकर गाउँपालिका सुरी गाउँका ३ बिद्यालयमा अध्ययरत लोपन्मुख सुरेल जातिका अध्ययनरत विध्यार्थिहरु शिशु कक्षा देखि कक्षा १० सम्मको दर्जनौ बिद्यार्थीहरुलाई
बिद्यालय पोशाक, सादा पोशाक, झोला र स्टेसनरी सामग्री बितरण गरिएको छ।

सुरी गाउँका स्थानिय बिद्यालयहरु हलेश्वर मावि, नवज्योति निम्न मावि र बिष्णुश्वरी प्रा विमा अध्ययनरत बिध्यार्थिहरुलाई संरचना नेपालको सहयोगमा बितरण गरिएको हो।

स्थानिय अगुवा नेपाल आदिबासी जनजाती महासंघका सचिब समेत रहेका बिकास सुरेलाको पहलमा सो सामाग्रीहरु बितरण गरिएको हो।
गाउसम्मै पुगेर सहयोग गर्ने संरचना नेपालको अध्यक्ष हरी प्रसाद श्रेष्ठ सर र अधिवक्ता पारसमनि फुयाल लगाएतका समुहलाई गाउँमा भब्य स्वागत समेत गरिएको थियो