झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला सम्पन्न, देश–विदेशका कविता पढ्नुहोस्

काठमाडाै‌ । झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीनरतीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू –

१)
१. जडिबुटी यत्रतत्र पाइने
हुन्छ अत्यन्त उपयोगी
जिउँदा, मर्दा चाहिने ।
२.
टाउको दुखाइ खरोमा
चिया बनाई खानसकिन्छ
रुघाखोकी र जरोमा १
(वसन्त अनुभव, दाङ)

२)
रोपौँं तुलसी घरमा
जानेर यसको महत्त्व
नपर्नु अरूको भरमा ।
(नागेन्द्रप्रसाद यादव)

३)
१.
एकादशी तिथि पवित्र
तुलसीको पूजा गरेर
अध्यात्मिक काम मित्र ।
२.
रुघाखोकी ज्वरो आएमा
पकाएर खाऊ बिहान
आराममा बस्ने खाएमा ।
(जिबि.चिन्तन घोराही, दाङ)

४)
१.
तुलसीको मठ घरमा
रोपी राख सबैले
नपर कतै भरमा ।
२.
दिन भयो घमाइलो
गर काम समयमा
अनि गर रमाइलो ।
(नीमा छिरिङ भोटिया, जलढका कालेबुङ)

५)
दल राखी छोपेर
महत्व कार्तिक महिनाको
तुलसी मठमा रोपेर ।
(अम्बिका अधिकारी, झापा बिर्तामोड)

६)
१.
तुलसी आँगनीको छेउ
दबाईको काम गर्छ
हुर्काउन पानी देऊ ।
२.
एकादशी भोकै बसौँ
पेट खाली राख्न
पटुकी राम्ररी कसौँ ।
(रबि पौडेल, दक्षिण भारत पाण्डेचरी)

७)
१.
असारमा तुलसी रोपेर
माला लगाई पूजौँ
मठलाई चट्ट पोतेर ।
२.
हेर्दा राम्रो झट्टै
सधैँ प्रयोग गरे
रोग हुन्छ चट्टै ।
(अनिता भण्डारी ताप्लेजुङ)

८)
अन्धविश्वासी भएर हैन
गुणकारी मानिन्छ तुलसी
जानिकन नोक्सान छैन ।
(कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे)

९)
आज ठुली एकदशी
चिन्तन गरौँ तुलसीको
मोठको छेउमा बसी ।
(तोयानाथ चापागाईं, दमक,झापा)

१०)
१.
तुलसीको पत्ता खानु
रुघाखोकी लागेमा हेर
पर्दैन अस्पताल जानु ।
२.
ओैषधीको गर्छ काम
थाहा पाइरहनु सदा
तुलसी हो नाम ।
(राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर)

११)
तुलसी अति राम्रो
जानी राखौँ सबैले
बचाउँछ जिवन हाम्रो ।
(अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा. ६ संखुवासभा)

१२)
१.
स्वास्थ्यमा सुधार आउँछ
तुलसी पानी खानाले
लागेको रुघाखोकी हराउँछ ।
२.
रोग शरिरको जन्जिर
गुणकारी तुलसी खाँदा
स्वस्थ बन्छ शरीर ।
(सीमा कार्की समर्पण, मेलचोक पर्सा)

१३)
गरौँ तुलसीको पूजा
नित्य बिहान सधैँ
खालीपेट नखाई भुजा १
(जनक बिसी, दक्षिण भारत कोचिनबाट)

१४)
१.
विष्णुले श्राप पाए
झार हुनु भनेर
त्यसैले मठमा आए
२.
तुलसी औषधी हुनाले
मान्छेले मास्छन् भनेर
पौराणिक कथा हाले ।
(गुणनिधि घिमिरे अमेरिका)

१५)
१.
विभिन्न ठाउँका मेला
एकादशीमा गरौँ रमाइलो
एकसाथ भएर भेला !
२.
पाईन्छ वरपर हाम्रो
चिसोले स्वास्थ्य बिगारे
तुलसी खानु राम्रो ।
(भोज विवश मगर, गैंडाकोट – ३ नवलपरासी पूर्व)

१६)
एकादशीमा तुलसीको विवाह
धूप दिप नैवेद्यले
जीवनको पुग्दछ चाह ।
(कार्की डिबी माकुम, सुनवल–४, नवलपरासी)

१७)
१.
हरिबोधिनी एकादशी जानौँ
तुलसी पुजा गर्दै
आयुर्वेदिक औषधी मानौँ ।
२.
रुघाखोकी निको पार्छ
उमालेर तुलसी खाएमा
सानातिना समस्या टार्छ ।
(बेदु न्यौपाने )

१८)
सुन साथी सवाई
तुलसी रोप्नु घरमा
हुन्छ ठुलो दबाई ।
(दीपा समभाव, दुबेकोल खोटाङ्ग)

१९)
असारमा तुलसी रोपिन्छ
हिन्दु परम्परा अनुसार
पूजा गरी पोतिन्छ ।
(कला ढकाल, झापा)

२०)
मठमा रोप्न काइदा
रुघाखोकी र ज्वरोमा
तुलसीले गर्छ फाइदा ।
(डम्बर थामी ‘अनुपमु’, कालिन्चोक गापा. – ६ , दोलखा )

२१)
व्रत हरिबोधनी एकादशीको
समस्त हिन्दुहरूले गर्छन्
दामोदरसँग विवाह तुलसीको ।
(प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे )

२२)
तुलसी रोपौँ राम्रो
सबैको घरहरूमा हेर
जीवन बचाउछ हाम्रो ।
(प्रेम शर्मा ‘एकान्त प्रेमी’)

प्रतिक्रिया दिनुहोस्