शाहरूख खानले गरे ‘पठान – २’ निर्माण गर्ने घोषणा ।

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ।

पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।

भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५ दिनमा विश्वव्यापी रूपमा पाँच सय ४२ करोड भारू कमाएको छ। फिल्मले भारतीय बक्स अफिसमा तीन सय ३५ करोड कमाएको हो भने अन्य देशबाट दुई सय ७ करोड भारू कमाएको हो।
फिल्मको सफलतालाई मध्यनजर गर्दै ‘पठान २’ को घोषणा गरिएको छ। सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूखले फिल्मको घोषणा गरेका हुन्।

‘पठानको सफलतापछि मेरो परिवार निकै खुशी छन्। यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु। पठान २ मा कपाल अझै लामो बनाउँछु,’ उनले भने।

उक्त सम्मेलनमा शाहरूख, दीपिका, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए। यो पठानको पहिलो पत्रकार सम्मेलन हो।

निर्माण टिमले प्रदर्शन हुनुअघि पनि फिल्मको प्रमोशन गरेका थिएनन्।

शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए

प्रतिक्रिया दिनुहोस्