दोलखा चरीकोटमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)
चरिकोट दोलखा
विश्व प्राथमिक उपचार दिवस अवसरमा दोलखाको सदरमुकाम चरीकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरी मनाइएको छ। योगदान रास्ट्रको लागि नामक संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको संस्थाका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार रक्तदान कार्यक्रममा १९ जनाले रगतदान गर्नु भएको छ । योगदान रास्ट्रको लागि नामक संस्थाका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका मेयर इश्वर नारायण मानन्धर, जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका मन्त्री भरतनारायण प्रधान,जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सत्रुधनकुमार महतो,जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराई लगायतको सहभागीता रहेको थियो। “एक घर एक प्राथमिक उपचारक” भन्ने मुल नाराका साथ विश्वभर आज विश्व प्राथमिक उपचार दिवस मनाईएकोे हो।

रक्तदाताको नामावली
1) राजन त्रिपाठी
2) सुधन सर्मा
3) शंकर बस्नेत
4) प्रज्वल कार्की
5) दिवाकर दाहाल
6) पदम बस्नेत
7) रबि कार्की
😎 शिबजी थापा
9) भगवती खड्का
10) हरि खत्री
11) सुशील भुजेल
12) निर्मल खड्का
13) ममता श्रेष्ठ
14) कमल थापा मगर
15) सुरज बुढथोकी
16) सुदिप भन्डारी
17) रमेश श्रेष्ठ
18) कन्चन तामाङ
19) अमर श्रेस्ठ
